वामदेवको नयाँ पार्टी : ६९ सदस्यीय केन्द्रीय कमिटी, संयोजक गौतम र सचिव कार्की


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
2.4K
SHARES

१४ असार काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो ३ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागिएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहनेछ ।६९ सदस्यीय केन्द्रीय कमिटी रहने उनले बताए । पार्टीको संयोजकमा वामदेव रहनेछन् । सचिवमा डिबी कार्की रहनेछन् ।

वामदेवको एकता अभियानमा निर्वाचनमा आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी दल र दर्ताको प्रक्रियामा रहेका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह सम्मिलित भएका छन्  तीन महिनासम्म एकता प्रयास चलाइने पाण्डेले बताए ।