वामदेवको पार्टीमा सात उपाध्यक्षसहित १२ पदाधिकारी, १५ सदस्यीय स्थायी कमिटी


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
4.8K
SHARES

१४ असार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पार्टी घोषणा गरिएको हो ।

पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी सात उपाध्यक्ष, एक महासचिव, एक उपमहाचिव, एक सचिव र एक कोषाध्यक्षसहित १२ सदस्यीय पदाधिकारी रहने जनाइएको छ । यस्तै, १५ सदस्यीय स्थायी कमिटी रहनेछ । पार्टीको संयोजकमा वामदेव गौतम रहेका छन् ।