दुर्घटनाबाट जोगियो कांग्रेस उपसभापति गुरुङ चढेको गाडी


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १६ २०७९
4.9K
SHARES

१६ असार काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटनाबाट जोगिएको छ । रामेछापको गोगनेमा उनी चढेको गाडी अचानक सडक किनारबाट तलतिर पुगेको छ ।

उक्त गाडीमा यात्रारत सबै सकुसल रहेको गुरुङले जनाएका छन् । उनी ओखलढुंगाबाट काठमाडौं फर्किँदै गर्दा सडक किनारबाट तल पुगेको गाडी ढुंगाको ओट लागेकाले जोगिएको थियो । गाडीमा रहेका सबै यात्रु सकुसल रहेका छन् ।