अखिल (क्रान्तिकारी)को संयोजकमा पवन कार्की
१८ असार काठमाडौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी औपचारिकरुपमा विभाजित भएको छ। पदाधिकारी चयनमा असन्तुष्ट हुँदै उपाध्यक्ष पवन कार्की पक्षले राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘विशेष राष्ट्रिय भेला आयोजक समिति’ घोषणा गरेको छ।
समितिको संयोजक कार्की आफैँ रहेका छन्। त्यस्तै, आयोजक समितिमा १९९ जना सदस्य रहनेछन्। त्यस्तै, केन्द्रीय कार्यालय र विभिन्न विभागहरुको समेत टुंगो लाग्ने एक सदस्यले जानकारी दिए।
गत असोज १४ गते भएको अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा विवाद भएपछि पञ्चा सिंहलाई अध्यक्ष चयन गरिएको थियो। त्यसपछि वैशाखमा बसेको भर्चुअल बैठकबाट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी चयन गरिएको थियो।
पदाधिकारी चयन गर्दा माइक म्युट गरेर एकतर्फी नाम घोषणा गरिएको, केन्द्रीय कमिटीमै नभएको व्यक्तिलाई पदाधिकारी बनाइएको लगायतका आरोप असन्तुष्ट पक्षले लगाउँदै आएको छ।