नारायणकाजी वरिष्ठ नेता महरा वरिष्ठ उपाध्यक्ष !


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
3.5K
SHARES

२२ असार काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ वरिष्ठ नेता बन्ने भएका छन् । उनलाई आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेतामा प्रस्ताव गर्ने बताइएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा नेता कृष्णबहादुर महरालाई प्रस्ताव गर्ने तयारी छ । महासचिवमा जनार्दन शर्मा र वर्षमानबीच सहमति नभए कृष्णबहादुर महराको जिम्मेवारी हेरफेर हुनसक्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

यसबाहेक उपाध्यक्षमा मातृका यादव, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, देव गुरुङ लगायतको चर्चा छ ।  आजको केन्द्रीय कमिटी बैठकले माओवादी पदाधिकारीको टुङ्गो लाग्ने बताइएको छ ।