एमालेसँग अर्थमन्त्रीका विषयमा छलफल गर्ने माओवादीको निर्णय


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
2.9K
SHARES

२२ असार काठमाडौं।  नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने भएको छ ।

आज बसेको पूर्वस्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए । “अर्थ मन्त्रालयका विषयमा उठेका विषयमा जानकारी गराउनुपर्‍यो नि ! एमालेसँग छलफल गर्ने कुरा भएको छ,” उनले बाह्रखरीसँग भने ।  अर्थमन्त्री शर्माले बजेटमा करको दर बढाउन बाहिरी व्यक्ति संलग्न गराएको भन्दै विरोध हुँदै आएको छ ।