अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गरिने


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
2.1K
SHARES

२२ असार काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरिने भएको छ । सभामुख र दलका सचेतकहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको कांग्रेसका एक सांसदले बताए ।

“समिति गठन भइसकेको छ । को–को बस्ने भन्ने नाम टुंगो लगाउने कार्य भइरहेको छ । अब बस्ने बैठकमा सभामुखले नाम पढेर सुनाउनुहुनेछ,” उनले भने । ११ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको छ । तर, बैठक अझै सुरु भएको छैन ।