अर्थमन्त्रीद्वारा राजीनामा घोषणा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
2.9K
SHARES

२२ असार काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

विगतमा मन्त्रीमाथि छानबिन गर्दा पदमा बहालै रहेका उदाहरण भए पनि आफू त्यो नगर्ने उनले बताए । “विगतमा मन्त्रीमाथि छानबिन हुँदा मन्त्रीहरु बहालै रहेर छानबिन भएको थियो,” मन्त्री शर्माले भने, “तर म त्यसो गर्दिनँ छानबिन समितिलाई पूर्ण सहयोग गर्नेगरी आजैका मितिदेखि पदबाट हट्ने निर्णय गरेको छु ।”