जनयुद्ध गर्दैमा क्रान्तिकारी भइँदैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
2K
SHARES

२३ असार काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध गर्दैमा क्रान्तिकारी नभइने बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयहरुमा जवाफ दिँदै यस्तो बताएका हुन् ।

“जनयुद्ध गर्दैमा सधैं क्रान्तिकारी भइन्छ भन्ने होइन, होइँदैन भन्ने पनि होइन,” उनले भने, “माओले गर भनेका काम गरेनौं नगर भनेका गर्‍यौं ।” उनले केन्द्रीय कमिटीको बैठकमा उठेका विषयमा अहिले जवाफ दिइरहेका छन् । प्रचण्डले विशेष महाधिवेशन गरेर नेकपा एमालेमा भएका इमान्दार नेता कार्यकर्तालाई ल्याइने पनि बताए ।

“हामीले छिट्टै विशेष महाधिवेशन गर्दैछौँ,” उनले भने, “राजनैनिक र वैचारिक आधार बोकेको पार्टी माओवादीमात्रै हो । एमालेभित्रका इमान्दारलाई पनि ल्याउनुछ ।”