सर्वसम्मतिले प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पारित


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
2.2K
SHARES

२३ असार काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक  प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए ।

आज जवाफ दिने क्रममा प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो । अब बैठकमा पेश भएका विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ । बैठक अहिले पनि जारी छ ।