प्रचण्डको प्रस्ताव : पोलिटब्युरोमा १५६ सदस्यीय


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
5.2K
SHARES

२३ असार काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यको संख्या १५६ पुर्‍याउने प्रस्ताव गरेका छन् ।

एक घण्टापछि सुरु भएको बैठकमा उनले ३१ जना वैकल्पिक पालिटब्युरो सदस्य थप्न सकिने प्रस्ताव गरेका हुन् । यसअघि आजै प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो बनाउने प्रस्ताव गरेका थिए । तर, सदस्यहरूको नाममा विवाद भएपछि बैठक एक घण्टा रोकिएको थियो ।

“समस्या बल्झाउने होइन सक्नेतिर लागौँ,” बैठकमा प्रचण्डले भने, “वैकल्पिक ३१ थपेर १५६ को बनाउन सकिन्छ ।”