माओवादी केन्द्र : स्थायी कमिटी ४१ सदस्यीय हुने, १५ जनाको नाम टुंगियो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
2.3K
SHARES

२३ असार काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ४१ सदस्यीय स्थायी कमिटी बनाउने निर्णय गरेको छ । ४१ मध्ये नेकपाकालीन स्थायी कमिटीका १५ सदस्यहरू रहने निर्णय भएको छ ।

त्यसबाहेक सात प्रदेशका इन्चार्ज र कार्यालयका मुख्यसचिवसमेत स्थायी कमिटीमा रहने हुँदा २३ जना पुग्ने माओवादी केन्द्रले जनाएको छ ।  त्यसबाहेक आमन्त्रित र महिलाहरूको समेत नाम राखेर एक हप्ताभित्र टुंग्याउने माओवादी केन्द्र ले बताएको छ ।