यो सरकार टिपेर मिल्काउनुपर्छ – अध्यक्ष ओली
२४ असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार अभिलम्ब हट्नुपर्ने बताएका छन् । छविलाल कार्कीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारबाट अति भएको बताए ।
“अब अति भयो । अस्ति संसदमा बोल्दा पनि भनेँ अब अति भयो । अतिभन्दा पनि नाघ्यो । त्यसकारण यो सरकार स्वीकार्य हुन सक्दैन,” उनले भने ।
ओलीले चुनावमा गए पनि चुनाव हुन नदिने आरोप लगाए । उनले विकासका आयोजना पनि कटौती गरेको बताए । महँगीले जनताको ढाड सेकेको पनि बताए । उनले सरकारलाई नराम्रो कामको थुप्रोको संज्ञा दिए । सरकार नहटे जनताले टिपेर मिल्काउनुपर्ने उनको भनाइ छ ।
“यो सरकार भनेको नराम्रो कामको थुप्रो हो । एउटा राम्रो काम गरेन । नालायक भयो । सत्तामा एकछिन पनि बस्न नमिल्ने सरकार हो । यो अभिलम्ब हट्नुपर्छ । हट्दैन भने जनातले टिपेर मिल्काउनुपर्ने अवस्था आउन सक्छ,” उनले भने ।