हामी आन्दोलनको आधिबेरी सिर्जना गर्दै कडा भन्दा कडा कदम चालन बाध्य हुनेछौं – अखिल (क्रान्तिकारी)


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २६ २०७९
4K
SHARES

२६ असार काठमाडौ । पछिल्लो समय पटक/पटक प्रश्न पत्र दोहोरिने बारे अखिल(क्रान्तिकारी)ले आफ्नो विज्ञप्ती सर्वजनिक गरेको छ ।

नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको गैरजिम्मेवार पदाधिकारीहरुको लापरबाहीले गर्दा विद्यार्थीहरुको भविष्य दिन प्रति दिन अन्योलता तर्फ बढ्दै गैईरहेको छ भने विश्वविद्यालयकै साख दिन दिनै खस्किदै गैईरहेको कुरा बिगतका हर्कतहरुले प्रष्ट पार्दै गैरईहेको छ । कहिले निजि कलेज संगको सेटिङमा प्रश्न पत्र बाहिरिने, कहिले हुबहु प्रश्नपत्र दोहर्याउने, त कहिले अर्कै विषयको प्रश्नपत्र वितरण गरेर जग हसाउने र विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने कार्य शृंखलाबध रुपमा पटक पटक दोहर्याउदै आइरहेका छन। त्रिभुवन विश्वविद्यालयको यो गैरजिम्मेवार, लापरबाहीपूर्ण कदमप्रति हाम्रो महान तथा गौरबशाली संगठन अखिल (क्रान्तिकारी ) को गम्भीर ध्यानाकर्ष्ण भएको छ ।

गत जेष्ठमा एम. ए. तेश्रो सेमेस्टरको पबलिक इकोनोमिक्स” र प्रथम सेमेस्टरको “इन्टरनेसनल पोलिटिक्स विषयका प्रश्नपत्रहरु गत वर्षकै हुबहु दोहर्याइएको थियो । एक महिना नबित्दै अहिले गत असर २२ गते बी.बी.ए. छैठौं सेमेस्टरको लागि लिएको परिक्षा एमजीटि २०३ “अर्गनाइजेसन बिहाभियर को प्रश्नपत्र मोर्डन नेपाल कलेजले प्रिबोर्डको लागि लिएको प्रश्नपत्र संग हुबहु मिलन गएको तथ्य बाहिरिएको छ भने हिजो २०७९/०३/२५ गते भएको परिक्षामा बी.बी.ए. छैठौं सेमेस्टर को “नेपलिज सोसाइटि एण्ड पोलिटिक्स” विषयको परिक्षमा पाचौं सेमेस्टरको सोसोलोजीको प्रश्नपत्र सोधेको घटनाले त्यहाका कर्मचारीहरु प्रश्नपत्र निर्माण, परिक्ष संचालन तथा परीक्षाफल प्रकाशन लगाएतका विषयहरुमा संवेदनहिन बन्दै गएको र विश्वविद्यालयको विश्वसनियता कायम गर्न नसक्ने हाम्रो ठम्याई छ । गत जेष्ठमै भएको घटनाको छानबिन गर्नको निम्ति बनेको समितिको प्रतिबेदन आजको दिन सम्ममा सार्बजनिक हुनसकेको छैन । बिचौलिया र निजि कलेजसंग साठगाठ गरिरहनु र दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्नु जस्तो घटनाले त्रिभुवन विश्वविद्यालय शैक्षिक माफियाहरुको मुठीमा कैद हुदै गैईरहेको देखाउदछ र यस घटनाको अखिल (क्रान्तिकारी) घोर निन्दा गर्दछ।

नेपाल सरकार र शिक्षा मन्त्रालयको ध्यानाकर्ण सहित परिक्षा जस्तो संवेदनशील विषयमा लापरबाही गर्दै पटकपटक विद्यार्थीको भविष्य माथि खेलबाड गर्ने पदाधिकारी र माफियाहरुलाई कारबाही गरि विद्यार्थीको भविष्य सुनिश्चिस्तताको माग गर्दछौं। प्रश्नपत्र निर्माण, परिक्षा संचालन तथा परीक्षाफल प्रकाशन लगाएतका विषयहरुमा संवेदनशील बन्दै परिक्षामा विश्वसनियता तथा बैधता कायम गर्न पनि जोडदार माग गर्दछौं । यदी यस कार्यमा संलग्न भएका गैरजिम्मेवार पदाधिकारी / कर्मचारी र बिचौलिया/ माफियाहरुलाई कारबाहीको दायरामा ल्याउन आनाकानी गरेको देखिएमा हामी आन्दोलनको आधिबेरी सिर्जना गर्दै कडा भन्दा कडा कदम चालन बाध्य हुनेछौं र उक्त घटना वाट उत्पन्न प्रस्थितिको जिम्मेवार स्वयम त्रि.वि. र त्रि.वि. का पदाधिकारी हुनुपर्ने कुराको चेताबनी समेत दिन चाहन्छौं ।