सीपीसीका नेता लिउले आज प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २६ २०७९
6.3K
SHARES

२६ असार काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आजै प्रधानमन्त्री शेरबहादुुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट्ने कार्यक्रम छ । उक्त राजनीतिक भेटको एजेन्डा भने जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आठ सदस्य टोलीसहित आएका जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ ।  नेपालले अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेपछि चीनबाट भएको यो दोस्रो ठूलो उच्च तहको भ्रमण हो । यसअघि, गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।

जियानचाओकै नेतृत्वको चिनियाँ टोलीले यसअघि परराष्ट्रमन्त्री खड्कासहित एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाललगायतका नेताहरूसँग भर्चुअल संवाद गरेका थिए ।