सङ्गठन शुदृढीकरण अभियान : पार्टीलाई तीन लाख भोट हामी थप्दिछौ – संयोजक कार्की
२७ असार काठमाडौ । आज वास्तविक विद्यार्थी अखिल क्रान्तिकारी भन्ने मूल नाराको सहित नेकपा माओवादी निकट
अनेरास्ववियू (क्रान्तिकारी) ले सङ्गठन शुदृढीकरण अभियानको उदघाटन समारोह गरेको छ ।

अखिल (क्रान्तिकारी) विशेष प्रदेश समितिको आयोजना भएको कार्यक्रममा बोल्दै संगठनको संयोजक तथा प्रमुख अतिथि पवन कार्कीले वास्तविक विद्यार्थी नै विद्यार्थी नेता हुने बताएका छन । संगठनमा भएको अजाराक्तको बारे हामीले सहि मुद्धा उठाएको बताएका छन ।
उनले भन्ने अरूले जस्तो नहुने कुरा गर्दैनौ हामी आगामी चुनावमा पार्टीलाई तीन लाख मत थप गर्छौ । हाल भएको त्रिविको चरम लापरवहि हामी लाई सह्य छैन बेलैमा सुधार नगरे हामीले आवश्यक कदम चाल्छौ ।