गठबन्धनबारे अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया , अब के होला ?


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २७ २०७९
3.4K
SHARES

२७ असार काठमाडौँ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन नक्कली बिहे भएको आरोप लगाएका छन् । एमाले प्रचार विभागले आयोजना गरेको अन्तक्रियामा अध्यक्ष ओलीले एमाले नक्कली विवाह गरेर सक्कली डिभोर्स गर्न नचाहेको बताए ।

‘एकपल्ट बिहे हुन्छ अनि फेरि डिभोर्स हुन्छ । अनि फेरि बिहे हुन्छ अनि डिभोर्स हुन्छ । त्यसका पछाडिको कारण डिभोर्स चाहिँ साँचो हुन्छ । बिहे चाँही नक्कली हुन्छ,’ ओलीले भने, ‘त्यसकारण यो साँचो डिभोर्स गर्नका लागि नक्कली बिहे गर्न एमाले हतार गर्दैन ।’

एमालेले चाहे अहिलेको गठबन्धन तोड्न सक्ने दाबी गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन जस्तो बनाउन चाहे एमालेको गठबन्धन बनिसक्ने बताए ।

‘नेकपा एमलेका निम्ति गठबन्धनको हेराफेरी सरकारको हेराफेरी आफ्नो भूमिकाको हेराफेरी होइन । देशमा जुन कुशासन छ, त्यसका ठाउँमा सुशासन ल्याउन सकिन्छ कि सकिँदैन । मुख्य कुरा सुशासन ल्याउने कुरा हो । लोकतान्त्रिक अभ्यासतर्फ देशलाई फर्काउने कुरा हो । मैले गठबन्धनहरू बनाएर हेरेको छु । चलाएर हेरेको छु ।

त्यसकारण गठबन्धन गठबन्धनका लागि, गठबन्धन अथवा संख्यात्मक परिवर्तन ल्याउन सकिन्छ, फेरबदल ल्याउन सकिन्छ र सरकार परिवर्तन गर्न सकिन्छ भन्ने कुरा होइन,’ ओलीले भने ‘परिस्थितिमा परिवर्तन मुख्य कुरा हो ।’