सभामुख सापकोटाले तोके उपसभामुखको चुनावको मिति
२९ असार काठमाडौं। लामो समयदेखि रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गते हुने भएको छ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेका हुन्। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त छ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने प्रावधान छ। प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ। राष्ट्रियसभाको उपाध्यक्ष पद पनि रिक्त छ। सांसद्हरुले उपसभामुख र उपाध्यक्ष चयन हुन नसकेको भन्दै आवाज उठाउँदै आएका छन्।