सत्ता गठबन्धनबाट उपसभामुखमा कांग्रेसकी भुसालको उमेदवारी दर्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
2.2K
SHARES

३० असार काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट पुष्पा भुसालले संघीय संसद्को प्रतिनिधि सभा उपसभामुख पदमा उमेदवारी दर्ता गराएकी छन् ।

बिहीबार संघीय संसद् सचिवालयमा पुगेर कांग्रेस सचेतकसमेत रहेकी भुसालले उमेदवारी दर्ता गराएकी हुन् । भुषालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) लक्ष्मी कुमारी चौधरी रहेकी छन् ।