उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने , को हो उम्मेदवार ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
1.9K
SHARES

३० असार काठमाडौं । उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल भइरहेको छ । उनले अघि भने, ‘हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि कुराकानी भइरहेको छ ।’

उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा निर्वाचन हुनेछ । त्यसका लागि आज (बिहीबार) बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।