त्रि.वि.मा अखिल (क्रान्तिकारी)ले माग पत्र बुझायो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
3.5K
SHARES

३० असार काठमाडौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) ले त्रि.वि.मा देखिएको चरम लापरवहि र वेथितिको विषयमा आज माग सहित माग पत्र बुझाएको ।

पवन कार्कीको नेतृत्वमा रहेको संगठनले विद्यार्थीको बारेमा त्रि.वि  संवदेनशिल नभएकाले गर्दा हामीले माग पत्र बुझाएका हौ ,अन्यथा हाम्रो मागलाई कार्यनवन्यन नगरे हामी अर्को चरणको आन्दोलनमा जान बाध्य हुनेछौ । यस्तो छ माग पत्र –

श्री उपकुलपति ज्यु त्रिभुवन विश्वविद्यालय किर्तिपुर, काठमाडौं
विषय : मागपत्र पेस गरिएको बारे ।
हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) विद्यार्थी हक अधिकारको सुनिश्चितता, राष्ट्रियताको रक्षा, जनताको आवाज बुलन्द गर्न, संविधान र गणतन्त्रको रक्षाका साथै मूलभूत रूपमा समग्र शैक्षिक क्षेत्रको पुनर्संरचना गर्नका लागि त्याग, समर्पण र बलिदानको पर्यायको रूपमा निरन्तर संघर्ष गर्दै आएको याँहरू सबैमा सर्वविदित नै छ। यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय समक्ष अखिल (क्रान्तिकारी) विश्वविद्यालय सुधार र विद्यार्थी हक अधिकारका पक्षमा निम्न माग प्रस्तुत गर्दछ । हाम्रा मागहरू :

१. विद्यार्थी हकहित र अधिकारका लागि लड्ने विद्यार्थीहरूको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रत्येक २/२ वर्षमा हुनुपर्ने तर विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्दा आम विद्यार्थीहरूको संघर्षको थलो आज कोमामा पुगेको छ । तसर्थ तत्काल स्ववियु निर्वाचनको मिति घोषणा गरि स्ववियुलाई पुनर्जीवन प्रदान गरियोस् ।

२. त्रि.वि. को परिक्षामा भैईरहेको लगातार पुरानो प्रश्नपत्र दोहोरिने, कुनै अमुक कलेजको प्री बोर्डको प्रश्नपत्र सँग हुबहु मिल्न जानु, एउटा विषयको परिक्षामा अर्कै विषयको प्रश्नपत्र वितरण गर्ने जस्ता कार्यले विश्वविद्यालयको गरिमा माथि गम्भीर प्रश्न उठेको छ भने विद्यार्थीहरुको शैक्षिक भविष्य माथि खेलवाड भएको छ । विश्वविद्यालय जस्तो मर्यादित ठाउँमा बसेर यस्तो गैरजिम्मेवार कार्यमा संलग्न असक्षम र भ्रष्ट पदाधिकारी लगायतलाई तत्काल बर्खास्त गरि विद्यार्थीको शैक्षिक भविष्यको सुनिश्चितता गरियोस् ।

३. त्रि.वि. भित्र दुई खाले शिक्षा प्रणाली विकास भैईरहेको छ जुन आंगिक कार्यक्रम र आंगिक भित्रै निजि कार्यक्रम यसले शैक्षिक बिभेद खडा भएको छ तसर्थ आंगिक क्याम्पस भित्र संचालित सबै निजि कार्यक्रमहरूलाई आंगिककै रुपमा बिस्तार गरियोस् ।

४. त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेजहरूले जथाभाबी महँगो शुल्क लिएर कार्यक्रम संचालन गरिरहेको हुँदा सम्बन्धन दिइएका सबै कार्यक्रमको शुल्क निर्धारण गर्न र सबै कार्यक्रममा २०% छात्रवृत्ति प्रदान गर्न माग गर्दछौँ ।

५. विश्वविद्यालयद्वारा संचालित शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम आयातित र बेरोजगार उत्पादन गर्ने खालका भएकोले तत्काल नेपालको राष्ट्रिय आवश्यकताको पहिचान गरि पाठ्यक्रम परिमार्जन गरियोस् ।

६. विश्वविद्यालय र क्याम्पसमा राजनितिक दलको आधारमा भागबन्डा बाट हुने नियुक्ति खारेज गरि क्षमता र योग्यताको आधारमा दक्ष र अनुभवी व्यक्तिहरु प्रतिस्पर्धात्मक विधिबाट छनौट हुने व्यवस्था गरियोस् ।

७. त्रिभुवन विश्वविद्यालय बाट प्रदान गरिने सेवा सुबिधा हालसम्म पनि केन्दृकृत रुपमा मात्रै भएकोले जसका कारण विद्यार्थीहरु समस्यामा परिरहेकोले विश्वविद्यालयलाई संघीयता अनुरुप संचालन गरि विश्वविद्यालयको केन्द्रबाट प्रदान गरिने सेवा सुबिधाहरु सम्बन्धित क्याम्पस बाटनै प्राप्त हुने व्यवस्था गरियोस् ।

८. भर्ना, परिक्षा फाराम, प्रमाणपत्र, E-library, Recorded Class Notice Board लगाएतका सेवाहरु Online माध्यम बाट प्रदान गर्ने व्यवस्था मिलाई पूर्ण रूपमा त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइज्ड गरियोस् ।

९. नियमित कक्षा संचालन, समयमै परिक्षा र परिक्षा सकिएको ३ महिना भित्र नतिजा प्रकाशन गर्नुपर्ने साथै परिक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरुको मौका परिक्षा तत्काल गर्ने व्यवस्था मिलाइयोस् । र उत्कृष्ट र सफल विद्यार्थीहरुलाई रोजगारीको ग्यारेन्टी गरियोस् ।

१०. प्राविधिक शिक्षामा अध्यनरत विद्यार्थीहरुलाई सीप संग जोडेर हाम्रो देशको व्यपार घाटा न्यूनीकरण गर्ने खालको उत्पादन मुलक कार्यक्रम आंगिक क्याम्पसहरुद्वारा सञ्चालनमा ल्याइयोस् ।

११. विद्यार्थीको बिमा बापत लिइएको शुल्क विद्यार्थीहरुकै लागि प्रयोग गरियोस् । विद्यार्थीहरुले आपतकालीन उपचार जहाँ गरेको भएपनि अस्पतालको रिपोर्टको आधारमा बिल भर्पाई गरियोस्

१२. त्रि.वि.को तलव भत्ता खाएर निजि कलेजमा पढाउने, प्रचार प्रसारमा संलग्न हुने प्राध्यापक, कर्मचारीलाई तत्काल बर्खास्त गरियोस् ।

विद्यार्थीका जायज मागहरु तत्काल संबोधन गरियोस् अन्यथा अखिल (क्रान्तिकारी) निर्मम संघर्षमा उत्रन बाध्य हुनेछ ।

क्रान्तिकारी अबिभादन सहित !
मिति :- २०७९/०३/३०

पबन कार्कि संयोजक