प्रचण्ड भारत जाँदै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ३१ २०७९
1.9K
SHARES
३१ असार काठमाडौं। सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
प्रचण्ड दिउँसो १ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाले भ्रमणको औपचारिक निम्तो दिएका थिए । प्रचण्ड आउँदो आइतबार स्वदेश फर्कने भ्रमण तालिका छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट