गेटमा ताला लगाएका छैनौं – अध्यक्ष यादव


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९
5K
SHARES

३१ असार काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईलाई पार्टीमा फर्किने  ठाउँ बाँकी नै रहेको सन्देश दिएका छन् ।

वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने उनका लागि गेटमा ताला नलगाएको बताएका हुन् । ‘अब पुनर्विचार उहाँले गर्नुभयो भने अझै पनि हामीले आह्वान गरेका छौं’ उनले भने, ‘ त्यो गलत बाटो, सोच, चिन्तनलाई त्याग्नुस्, मूलधारको राजनीतिमा आउन चाहनुभयो भने त्यसका लागि गेटमा ताला लगाएका छैनौं ।’

तर,  यसअघि नै रोक्ने प्रयास गरे पनि असफल भएको भन्दै अध्यक्ष यादवले बाबुराम सहमतिमै अलग भएको बताए । जातीय र क्षेत्रीय पार्टी भयो, वैचारिक रुपले अलग भयौं भनेर भट्टराईले सके पार्टी फुटाउने नसके अलग्गै पार्टी बनाउँछु भनेर गएको अध्यक्ष यादव बताए ।