भारत भ्रमण फलदायी – प्रचण्डको सचिवालय


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १ २०७९
1.9K
SHARES

१ साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । उनी भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गरेका थिए ।

प्रचण्डको सचिवालयले भ्रमण फलादायी भएको बताएको छ । “भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । पार्टी दुई पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण पार्टी टू पार्टी सम्बन्ध विकासका लागि महत्वपूर्ण रहेको छ भने दुई देशबीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ,” प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

भ्रमणको क्रममा प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरूलाई जोडका साथ उठाएको र भारतीय पक्षले पनि यसलाई सकारात्मक रूपमा लिएको बताएको छ ।