एआईजी पोखरेलले दिए राजीनामा
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन २ २०७९
2.1K
SHARES
२ साउन काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनी सरकारले आफूभन्दा १६ महिना जुनियर एआईजीलाई आईजीपी नियुक्त गरेपछि सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
सरकारले धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएपछि त्यसमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए । गएको वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
पोखरेल एआईजीमा सिंहभन्दा १६ महिना सिनियर एआईजी थिए । सिंह एआईजी बनेको एक महिना नबित्दै आईजीपी नियुक्त भएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट