अखिल (क्रान्तिकारी) को आयोजनामा बलात्कार विरुद्धको अभियानमा युवाको भुमिका विषयक अन्तरक्रिया सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ५ २०७९
4.6K
SHARES

५ साउन काठमाडौं । आज अखिल (क्रान्तिकारी)को  छात्रा विभागको आयोजनामा “बलात्कार विरुद्धको अभियानमा युवाको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

क्रान्तिकारीले नेपाल बारका महासचिव अन्जिता खनाललाई प्रमुख वक्ता बनाएर बागबजारको पद्यकन्या क्याम्पसमा कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बलात्कारको परिभाषा यसको असर उत्प्रेरणा तथ्यबारे वक्ताहरुले आफ्नो धारणा राखेको थिए । यौन हिंसाका सम्बन्धमा समूहगत छलफल गर्दै, राजनीतिमा संक्रिय छात्रा तथा महिलामा हुने बलात्कारका विकृति र विसंगतिहरुबारे सहभागीले धारणा राखे ।

साथै कार्यक्रममा बलात्कार सम्बन्धिका घटनामा युवाको दायीत्व बलात्कार सम्बन्धि मिथकहरु र सामाजिक न्यायबारे समेत चर्चा गरिएको थियो । बलात्कारबाट पीडित भएकामाथि लगाइने आरोप र सामाजिक न्यायका पक्षहरुका छलफलमा सहभागीले धारणा राखेको थिए ।

कार्यक्रमका प्रमुख वक्ता नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनालले बलात्कारको बारेमा विस्तृत जानकारी, कानुनी परामर्श सहित युवाहरुले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरिन् ।

अर्का वक्ता पुरुष बलात्कार सम्बन्धि अनुसन्धानकर्ता स्वकृती कुटालले पुरुष बलात्कारका अन्तर्राष्ट्रिय आयम र नेपालको राष्ट्रिय आवश्यकता यहाको कानुनकाबारेमा धारणा राखेकी थिइन् ।

फिल्म मेकर , लेखक , शिक्षक डा.सचिन घिमिरेले बलात्कार, लैंगिक हिंसा र पीडितलाई मानसिक रूपमा पर्न सक्ने असर र यसको न्यूनीकरणका लागि युवाको भूमिकाबारेमा चर्चा गरे ।

पवन कार्कीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रको अध्यक्षता सुष्मा रेग्मीले गरेकी थिइन् । अन्तरक्रियाको प्रमुख वक्ता नेपाल वार एशोसिएसनका महासचिव अन्जिता खनाल, तेस्तै वक्ताहरुमा पुरुष बलात्कार सम्बन्धि अनुसन्धानरत स्वीकृति कुटाल,सिनेमा निर्माता सचिन घिमिरे र पद्यकन्या क्याम्पसका क्याम्पस प्रमुख राजु मल्ल लगायत रहेको थियो ।