कांग्रेस नेता प्रदिप गिरि अस्पताल भर्ना
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १० २०७९
2.5K
SHARES
१० साउन काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरि अस्पताल भर्ना भएका छन् । उनलाई निमोनियाको संक्रमण भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको छ । “उहाँलाई आज निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको हो,” पत्रकार किशोर नेपालले भने, “डाक्टरले उहाँको स्वास्थ्य सुधार हुँदैछ भोलिसम्म हामी भेट गर्न दिन्छौँ भनेको छ ।”
उनले आफूले गिरिलाई भेट गरेर फर्किएको जानकारी दिए । क्यान्सर पीडित गिरीले लामो समय भारतमा उपचार गराएका थिए ।उनी आइतबार मात्र नेपाल फर्किएको पत्रकार नेपालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट