यस्तो निर्णय गर्दै अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १२ २०७९
3K
SHARES

१२ साउन काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल ( क्रान्तिकारी) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

भर्चुवल(जुम)मा संयोजक पवन कार्कीको अध्यक्षतामा बसेको बैठकमा देशै भरीबाट केन्द्रीय सदस्यहरू, प्रदेश संयोजक, आयोगका प्रमुख र विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो । सबै प्रदेशका संयोजकहरूले रिपोटिंग समेत राखेका थिए ।

उक्त बैठकले निम्न नियर्णहरू गरेको छ :-

१. संगठन विस्तार तथा सुदृढीकरण

२. सबै प्रदेशहरूले भेला सम्पन्न गरि जिल्ला नेतृत्व तोक्ने

३. सबै विभागहरूले आफ्नो विभागिय अन्तर्गतको कार्यक्रम गर्ने

४. विश्वविद्यालयमा देखा परेका समस्याहरूलाई समन्वय गरि हल गर्ने तथा यथाशिग्र स्ववियुको निर्वाचन माग गर्ने

५. निजि क्षेत्रका विद्यालयले लिएको चर्को फि को बारेमा अनुगमन सहित संचालक र अभिभावक सहित अन्तरक्रिया गर्ने

६. चरम महन्गिको बारे न्युनिकरण गर्न सरकारलाई दबाब दिने

७. वास्तविक विद्यार्थी अखिल( क्रान्तिकारी) भन्ने मुल नाराको साथ विद्यार्थी र जनजीविकाको पक्षमा तथा बेथितिको विरूद्धमा उभिने ।

लगाएको निर्णय भएको संगठन विभाग प्रमुख बाल कुमार के.सी. ले बताए ।