जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १५ २०७९
3.2K
SHARES

१५ साउन काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए । उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले ‘क्लिन चिट’ दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।