संकट समाधान गर्ने दलले नै हो – अध्यक्ष थापा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
2K
SHARES

१६ साउन काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलको विकल्प दल नै भएको बताएका छन्। प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहर दलहरूले नै समाधान गर्नुपर्ने उनको भनाइ छ।

‘प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरूले नै गर्नुपर्छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनु पर्छ।’

जनताको निर्णयाकत्व बलियो बनाउन संरचनामा सुधार ल्याउनु पर्ने उनको भनाई छ। थापाले लेखेका छन्, ‘दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ। संरचनामा सुधार गर्नुपर्छ। प्रजातन्त्रको विकल्प छैन।’