महाकाली सन्धिमा गल्ती भयो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १७ २०७९
2.8K
SHARES

१७ साउन काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले एकीकृत महाकाली सन्धिमा गल्तीभएको बताएका छन् । संसदले ०५३ सालमा सन्धि अनुमोदन गरेको थियो । ओलीले सन्धि अनुमोदनमा महत्वपूर्ण भूमिका खेलेका थिए । सन्धि अनुमोदको साढे दुई दशकपछि अध्यक्ष ओलीले उक्त सन्धिमा कमजोरी स्वीकारगरेका हुन् ।

पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको सोमबार पुस्तक लोकार्पण कार्यक्रमका बोल्दै तल्लो शारदा नहरले प्रयोग गरेकोपानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको बताए ।

एकीकृत महाकाली सन्धि अनुमोदन गर्न महत्त्वपूर्णभूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधाआधा हो भन्ने विषय सन्धिले स्थापित गरेको बताएका । ‘त्यस समयमाकेही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसलेगर्दा कन्जक्टिभ वाटरको विषयमा प्रसस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस रहे,’ उनले भने ‘त्यसलाई पानी दिन्छु भनेर कबुलगरिएको छैन । जति पानी छ त्यसको आधारमा आधा भनेको हो । महाकाली सन्धिले आधा पानी नेपालको हो भनेर स्थापित गरेको छ ।‘ महाकाली सन्धिकै विवादले वामदेव गौतमको नेत्रित्वमा एमाले विभाजन भएको थियो ।