प्रतिगमनको नाईके आलीसॅंग चुनाव लड्न तयार छु – नेता तामाङ
१९ साउन काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का नि. वर्तमान अध्यक्ष रंजित तामाङले आभामी आसन्न संघिय चुनावमा एमालेका अध्यक्ष केपी ओलीसॅंग चुनाव लड्ने बताएका छन । प्राईम टेलिभिजबाट प्रसारण हुने जनता जान्न चाहन्छ कार्यक्रममा उक्त कुरा बताएका हुन ।
संविधानलाई धुजा-धुजा पारि च्यातने काम गरेका र प्रतिगामीका नाईके ओलीसॅंग चुनाव लडी चुनावबाट नै आफुले परास्थ गरिदिने बताएका छन ।
पछिल्लो समय झापामा नै केन्द्रित रहेका नेता तामांग संगठन विस्तार र जनतासॅंग नै घुलमिल गरि झापाली जनताको सेवामा नै केन्द्रित भएका छन । उनी पार्टीमा प्रभावशाली यूवा नेता हुन । चुनाव लड्ने कुरा पार्टी र गठबन्धमा समेत गरि सकेको उनले बताए।