भ्रमका पछाडी नलागौं, स्थायी समितिले कुनै निर्णय गरेको छैन – संयोजक कार्की


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १९ २०७९
3K
SHARES

१९ साउन काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका दुवै असन्तुष्ट पक्षसँग छलफल गरेका छन्।

मंगलबार साँझ प्रचण्डको नीजि निवास खुमलटारमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र संयोजक पवन कार्कीसँग छलफल गरेका हुन्। छलफलमा फ्याक्सन इन्चार्ज हितमान शाक्य पनि सहभागी थिए।

छलफल पछि विभिन्न शंका उपशंका आएपछि संयोजक कार्कीले आफ्नो फेसबुकमा लेखेर भ्रमको पछाडी नलाग्न अनुरोध गरेका छन ।उनले  यस्तो लेखेका छन – अखिल(क्रान्तिकारी) भित्रको विवाद पार्टीको स्थायि समितिमा छलफलमा रहेको छ ! पार्टी स्थायी समितिले हाल सम्म कुनै निर्णय गरेको छैन । पार्टी अध्यक्षले थप सल्लाहका लागि बोलाउनु भएको हो । कुनै पनि हल्ला र भ्रमका पछाडी नलागौं ।