आज प्रचण्ड राती जापान जाँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९
2.6K
SHARES

२० साउन  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन्। शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्। उनी साउन २५ मा स्वदेश फर्किनेछन्।

प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ। जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए। भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए।