अहिलेको गठबन्धन देश बनाउन होइन – सांसद बास्कोटा
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन २२ २०७९
1.8K
SHARES
२२ साउन काठमाडौं । एमाले सांसद गोकुल बास्कोटाले अहिलेको गठबन्धन एमालेलाई बिगार्न बनेको बताएका छन् । आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनको काम देश बनाउने नभई एमालेलाई बिगार्ने मात्र रहेको बताए ।
उनले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने बताए । मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक पर्ने र निर्वाचनमा कसैलाई बोकेर नजाने उनको भनाइ छ । साथै उनले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्न गठबन्धनलाई चुनौती पनि दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट