प्रचण्ड जापानमा राजनीतिक भेटवार्तामा व्यस्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २४ २०७९
2.4K
SHARES

२४ साउन काठमाडौं । जापान भ्रमणमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता,तोसिहिरो निक्कइबीच भेटवार्ता भएको छ ।

लिवरल डेमोक्रेटिक पार्टीका पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरोबीच पार्टी कार्यालय टोकियोमा भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर/नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।