प्रचण्ड आज स्वदेश फर्किँदै


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २५ २०७९
2.6K
SHARES

२५ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए। टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल छन्।