अध्यक्ष तिमिल्सिनाद्वारा सेवासुविधा वापतको रकम विद्यालयलाई प्रदान


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
2.9K
SHARES

२६ साउन गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले गाउँपालिकाका अध्यक्षको हैसियतमा आफुले आउने सेवासुबिधा वापतको रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष तिमिल्सिनाले विहिवार एक कार्यक्रमकाविच पालिककै ज्ञानमार्ग माविलाई सेवासुबिधा वापतको ३६ हजार २ सय रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

आफ्नो प्रतिवद्धता अनुसार पारिश्रमिक विद्यालयलाई हस्तान्तरण गरेको अध्यक्ष तिमिल्सिनाले वताए । उनले ज्ञानमार्ग माविले केहि महिना अघि आयोजना गरेको कार्यक्रमा बोल्दै आफ्नो पहिलो महिनाको सेवासुबिधा विद्यालयलाई हस्तान्तरण गर्ने बताएका थिए।