महाभियोग सिफारिस समितिको पहिलो बैठक सकियो, यस्तो के भयो निर्णय
१ भदौ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले रातोपाटीलाई जानकारी दिए । अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ ।
उनले भने–‘छिटो गर्ने भनेर एकैचोटी काम सक्ने भन्ने कुरा हुँदैन, त्यसका लागि मान्छे उपस्थित गराएर बयान लिनुपर्यो, त्यसका लागि केही समय लाग्नेबारे कुराकानी भयो । छिटो टुङ्गोमा पुर्याउने बारेमा सहमति भएको छ ।’ गत फागुन १ गते प्रधानन्यायाधीश राणामाथि २१ वटा आरोपसहित महाभियोग प्रस्ताव दर्ता गरिएको थियो । गत फागुन २२ गते महाभियोग सिफारिस समिति बनेको थियो । समितिमा ११ सदस्य रहेका छन् ।