अहिले पदका लागि प्रतिस्पर्धा हुन्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९
2.1K
SHARES

३ भदौ  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पद र प्रतिष्ठाका लागि प्रतिस्पर्धा हुन थालेको बताएका छन् । शुक्रबार भ्रातृ संगठन वाईसीएलको राष्ट्रिय भेलामा बोल्दै उनले संघर्षका लागि तयार नहुने अवस्था आएको बताए ।

“अहिले यो पद किन नपाउने भनेर पद, प्रतिष्ठा, सुविधाको लागि प्रतिस्पर्धा हुन्छ,” प्रचण्डले भने, “संघर्षका निम्ति कम प्रतिस्पर्धा हुन्छ ।” पहिले आन्दोलनको अग्र मोर्चामा जान प्रतिस्पर्धा हुने गरेको उनले समरण गरे ।

“आन्दोलनको समयमा हाम्रोबीचमा प्रतिस्पर्धा हुन्थ्यो, लडाइँको अग्र मोर्चामा जानका निम्ति । निश्चित मोर्चामा जानका निम्ति युवाहरूको संख्या निर्धारण गथ्र्यौैँ,” उनले भने, “तर, हाम्रो युवाहरू वाईसीएल, अरु जनसंगठनका तमाम क्रान्तिकारी साथीहरू आफू मोर्चामा जान नपाएकामा असन्तुष्टि जाहेर गर्ने, म नि जान पाउनैपर्छ भनेर घेरा हाल्ने स्थिति थियो । दबाब दिने र म मर्न पनि जान नपाउने भन्ने ।” प्रचण्डले पार्टीभित्र देखिएका विचलनका संकेतहरू सुधार्नका लागि महत्वपूर्ण योगदान गर्न पनि आग्रह गरे ।