अखिल (क्रान्तिकारी) द्वारा धादिङमा आधारभुत विद्यालयकाे निर्माण


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ४ २०७९
5.7K
SHARES

४ भदौ काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङ जिल्लाको बेनिघाट-रोराङ्ग गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभुत विद्यालय निर्माण गरेको छ। शुक्रवार संगठनले एक उकार्यक्रम आयोजना गरि विद्यालयको औपचारिक उद्घाटन गरेको हो। उक्त कार्यक्रममा नेकपाका महासचिव विप्लवले शुभकामना सन्देश मार्फत र नेकपाका केन्द्रिय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा सम्पन्न भएको छ।
धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन र वालवालिकाहरू शिक्षावाट वन्चित थिए ।नजिकको विद्यालय पनि तिन घण्टाको दुरीमा रहेको र भिरालो वाटो भएकोले वालवालिकाहरू पढ्ने अवसरवाट वन्चित थिए। नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता प्रतिवन्धको समयमा अभियानको क्रममा त्यस क्षेत्रमा जाँदा विद्यालय नै नभएकोले विप्लवको निर्देशनमा नेकपा र अखिल क्रान्तिकारीको पहलमा विद्यालय निर्माण भएको हो।
त्यस गाँउमा करिब २५ घर धुरी रहेका छ्न।गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेको अखिल (क्रान्तिकारी) जनाएको छ। यसभन्दा पहिले बालबालिका विद्यालय जाने अवस्था नरहेको  अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बताउनु भयो।
अखिल (क्रान्तिकारी ) ले आफै लगानी, श्रमदान र स्थानीयसंगको सहकार्यमा ४ कोठे विधालय भवनको निर्माण सम्पन्न गरेको हो। हिजो उद्घाटन लगतै बिद्यालयमा पढाई सुरु भयको छ।बिद्यालय लाइ आवश्यक फर्निचर ,खेलकुद सामग्री र शैक्षिक सामग्री समेत क्रान्तिकारी ले उपलब्ध गरायको छ । अहिले विधालयमा ३० जना विद्यार्थी भर्ना भएको विधालयका शिक्षिका अस्मिता घलानले वताईन।