अखिल (क्रान्तिकारी)को विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ४ २०७९
1.9K
SHARES

४ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

आज बसेको पार्टीको स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखिएको विवाद मिलाउने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

विद्यार्थीमा दुई समूह देखियो त्यसलाई मिलाउने निष्कर्षमा पुगेका छौं, त्यसको जिम्मा अध्यक्ष कमरेडलाई जिम्मा दिइएको छ’ उनले भने ।

पञ्चा सिंह र पवन कार्कीले छुट्टा-छुट्टै समिति समिति संचालन गर्दै आई राखेका छन।