यस कारण प्रतिनिधिसभा बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
3K
SHARES

५ भदौ काठमाडौं। आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।

गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार पनि शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुनेछ।

गिरीको शनिबार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटि अस्पतालमा निधन भएको थियो। आज गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि पशुपतिमा गिरीको अन्त्येष्टि गरिनेछ।