विद्यार्थीबाट कुनै शीर्षकमा शुल्क नउठाउन सामुदायिक विद्यालयलाई मन्त्रालयको निर्देशन


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
2.5K
SHARES

५ भदौ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निशुल्क शिक्षासम्बन्धी ऐनविपरीत कुनै पनि शीर्षकमा विद्यार्थीबाट शुल्क नउठाउन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले दाताहरूबाट आर्थिक सहयोग लिने सन्दर्भमा पनि स्थानीय तहको अनुमति लिइ तोकिएको प्रक्रिया पूरा गरेर मात्रै लिन सामुदायिक विद्यालयहरूलाई सूचित गरेको छ ।

गत साउन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जननमूना माध्यमिक विद्यालयले कक्षा ११ को भर्नाबापत् विद्यार्थीहरूबाट बिनारसिद दुई लाख ७६ हजार ६९० रुपैयाँ असुल गरेको पाइएपछि अख्तियारले छानविन गरिरहेको छ ।

सोही घटनाबारे अख्तियारले प्रेस विज्ञप्ति जारी गरेपछि ध्यानाकर्षणस्वरुप यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको निर्देशन पत्र