दलालहरू संघीयता विरुद्ध बोल्दा होस गर – संयोजक कार्की


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ७ २०७९
4.7K
SHARES

७ भदौ काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को संयोजक पवन कार्कीले चेतावनी दिएका छन।

अहिले पछिल्लो समय गणतन्त्र र संघियताको विरूद्धको स्वरहरू बढ्दै गईराखेको भन्दै यो व्यवस्था ल्याउनमा कुनै पनि योगदान नभएकाहरूलाई बोल्ने छुट नभएको बताएका छन ।

उनले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन – संघीय लोकतान्त्रिक गणतन्त्र हजारौं महान सपुत हरुको बलिदान बाट प्राप्त भएको हो । तिमीहरु जस्ता दास मनोविज्ञान बोकेका दलालहरुको कुनै योगदान छैन ! संघीयता विरुद्ध बोल्दा होस गर ! दासहरु लाई यो ब्यबस्थामा जे पनि गर्ने छुट दिन सकिदैन !!