अखिल(क्रान्तिकारी)ले बृद्ध आमा बुवालाई सम्मान गरेर तिज मनायो
११ भदौ काठमाडौ । आज अखिल(क्रान्तिकारी) ले “आमा बुवाको सम्मान,अखिल(क्रान्तिकारी)को पहिचान” भन्ने मुल नारा सहित बाबुको मुख हेर्ने दिन एवम् तिजको अबसरमा आज भक्तपुर स्थित ॐ बृद्ध आश्रम मा बृद्ध बुवा आमाको सम्मान कार्यक्रमको आयोजना गरि आश्रममा रहेका वृद्ध बुवा हरुलाई ढाका टोपि लगाएर , आमाहरु लाई पछौरि ओडाएर संगठनका संयोजक पवन कार्किले वृद्ध बुवा आमाहरुको सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा वृद्ध आमा बुवाको ब्यक्तिगत सरसफाइका लागि आबस्यक साबुन,ब्रस मन्जन लगाएत सामाग्री पनि हस्तान्तरण गरिएको अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य सुस्मा रेग्मिले बताउनु भयो ।
कार्यक्रममा आयोजक हरुलाई रुद्राक्षको माला लगाएर स्वागत गर्दै आश्रमका अध्यक्ष गणेशमान श्रेष्ठले क्रान्तिकारी विद्यार्थी हरु ले आमाबुबाको सम्मान गर्न सिकाएको र आश्रममा चाडपर्व मनाएको मा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त सम्मान कार्यक्रममा संक्षिप्त मन्तव्य मार्फत अखिल(क्रान्तिकारी) का संयोजक पवन कार्किले क्रान्तिकारीहरुले हरेक धर्म संस्कृति र परम्पराहरु लाई समान ढंगले हेर्नु पर्ने , धर्म र परम्परागत रुपमा मानिदै आएका चाडपर्व भित्रका नराम्रा कुराहरु, बिकृति र बिसंगति हरुलाई हटाउन जागरण पैदा गर्नुपर्ने र चाडपर्व भित्रका राम्रा ,सभ्य पक्ष लाई सांस्कृतिक सभ्यताको रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो ।
साथै उहाँले आमाबुवाको सम्मान गर्नुनै क्रान्तिकारीहरुको पहिचान भएको र परिवर्तनको संबाहक माओवादी पार्टी भएको र माओवादीले जनताको सुख र देशको संबृद्धि चाहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वृद्ध आमाबुबा हरुलाई भोजन गराइ तिजको दर खुवाइएको थियो भने उक्त कार्यक्रममा बिभिन्न गित संगित र नृत्यको मार्फत वृद्ध आमाबुवा हरुलाई मनोरञ्जन प्रदान समेत गरिएको केन्द्रिय नेता बालकुमार केसि ले बताउनु भयो । कार्यक्रममा अखिल(क्रान्तिकारी) का नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
