राष्ट्रपतिको काम ठिक छ – नेता भट्टराई
उनले लेखेका छन्- राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुभएका दर्जनौं अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका बरिष्ठ व्यक्तिहरू त्यही काम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनी टिप्पणी गर्छन्। दोहोरो चरित्र! राष्ट्रपतिको यो काम हिजो पनि ठिक थियो र आज पनि ठिक छ।
राष्ट्रपति भण्डारीले केही दिनअघि नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाइदिएकी थिइन्।प्रतिनिधि सभाले फेरि पनि हुबहु सोही विधेयक पारित गरिसकेको छ। यही बीचमा राष्ट्रपति भण्डारीले सरोकारवालाहरूसँग छलफल गरिरहेकी छन्। केही दिनअघि उनले पूर्व र बहालवाला सैनिक अधिकारीहरूसँग छलफल गरेपछि राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै टिप्पणी भएको थियो।