आवाज बिहिनहरुको आवाज अखिल(क्रान्तिकारी)ले बोल्छ – संयोजक कार्की
१२ भदौ काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का सॅयोजक पवन कार्कीले अहिले काठमाडौ महानगरपालिकाको मेयर बालेन शाहले गरेका काममा समर्थन जनाएका छन् ।
उनले आफ्नो सामाजिक संजाल मार्फत यस्तो लेखेका छन – आवाज बिहिनहरुको आवाज अखिल(क्रान्तिकारी)ले बोल्छ ।पावर र पहुँचको आधारमा अनाधिकृत संरचना खडा गर्ने र सडक कब्जा गर्नेहरुका संरचना भत्काउने कार्यमा हाम्रो पनि समर्थन छ । तर आय आर्जन नभएका गरिब जनताहरु जसले सडकमा मकै पोलेर,जुत्ता सिलाएर ,सडकमै धुलो खाएर आफ्नो जिविकोपार्जन गरिरहेका छन उनिहरुको उचित ब्यबस्थापनको बारेमा पहिले सोच्न जरुरि छ ।