चामलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १५ २०७९
2K
SHARES

१५ भदौ काठमाडौं । रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका–१, रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारतको विहार, सीतामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्ता छन् ।

प्रहरीका अनुसार राजेन्द्रले ‘इन्डियन ब्रान्डेड’ बोरामा लोकल कमसल चामल प्याकिङ गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनको पसल खानतलासी गर्ने क्रममा ३४२ बोरा लोकल चामल, १२० थान खाली बोराहरू र एकथान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।