प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू राष्ट्रपतिलाई भेट्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १५ २०७९
2.4K
SHARES

१५ भदौ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेतासँग छलफल गर्ने भएकी छिन्।  माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्।

नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरेकी थिइन्।

‘साढे २ बजेका लागि राष्ट्रपतिको निम्तो आएको छ’, माओवादी केन्द्रका एक नेताले भने, ‘नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न डाक्नुभएको हुनसक्छ।